काठमाण्डौ। लेखक, निर्देशक तथा निर्माता विकासराज आचार्यले आफ्नो ५५ औं जन्मदिनको अवसरमा ‘नाई नभन्नु ल ५’ घोषणा गरेका छन् ।
आचार्यले आफ्नो निर्माण तथा निर्देशनमा बन्ने ‘नाईं नभन्नू ल’को ५औं सिरिज निर्माण घोषणा गरेका हुन् । ‘नाई नभन्नु ल’ नेपाली चलचित्रको सबैभन्दा लामो सिरिज हो ।
आगामी नयाँ बर्षको अवसर पारेर ‘नाई नभन्नु ल ५’ दर्शकमाझ ल्याउने जानकारी समेत दिएका छन् ।
सिरिजमा बाल कलाकार अनुभव रेग्मी भने पक्का भैसकेका छन् यो भन्दा अगाडिका केहि कलाकार पनि दोहोरिने सम्भावना रहेको छ ।