पाँच करोडको चलचित्र बनाउँदै शर्मिला, कलाकार को होलान् ?



काठमाण्डौ। बैशाख १ गतेदेखी प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लभ लभ लभ’की निर्मात्री शर्मिला पाण्डेले महत्वाकांक्षी नयाँ प्रोजेक्टमा हात हाल्ने भएकी छिन् ।

पाण्डेले फेरी अर्को चलचित्र निर्माण गर्ने निर्णय गरेकी छिन् । उक्त चलचित्र पाँच करोड लगानीमा बन्नेछ । यद्यपी आधिकारिक घोषणा भने हुन बाँकी नै छ ।

यो अनटाइटल्ड चलचित्रको निर्देशन पाण्डेको पहिलो चलचित्र ‘लभ लभ लभ’का निर्देशक दिपेन्द्र के खनालले नै गर्नेछन् । यो चलचित्रमा निर्मात्री पाण्डेका छोराले भने अभिनय गर्नेछैनन् । निर्मात्री पाण्डेका अनुसार सुरज निर्माताको भूमिकामा रहनेछन् । यो चलचित्र पनि सुरज सिने आर्ट्सको ब्यानरमा बन्नेछ ।

नयाँ प्रोजेक्टको बारेमा बोल्दै निर्मात्री पाण्डेले पहिले आफुले छोरालाई पर्दामा देखाउने इच्छा र आफुले फिल्म बनाउने रहरमा चलचित्रमा आएको र अब भने व्यबसायिक बनेको बताएकी छिन् ।

‘तपाईँ किन चलचित्र निर्माणलाई निरन्तरता दिनुभयो त?’ भन्ने प्रश्नमा पाण्डेले भनिन्, ‘पहिले म रहरमा आएकी थिएँ, अब भने व्याबसायिक हुनेछु । चलचित्र उद्योगमा नयाँ लगानी गरेर आउनेलाई पुरानोले च्याप्ने प्रवृत्ती देखेँ, त्यसकारण पनि मैले तुरुन्त नयाँ चलचित्र शुरु गर्न लागेकी हुँ’ । फागुन महिनामा नै रिलीजको लक्ष्य रहेको बताउँदै पाण्डेले चलचित्रमा पाँच करोड लगानी गरेर उल्लेखनिय काम गर्ने बताएकी छिन् ।

सम्भवत यो चलचित्र नै नेपाली चलचित्र इतिहासको सबैभन्दा बढि लगानी हुने चलचित्र बन्नेछ ।

‘मैले दिपेन्द्रलाई भगवान कै रुपमा मानेकी छु । मेरो छोरोलाई पत्याएर कलाकार बनाउने श्रेय खनाललाई नै जान्छ’ पाण्डेले भनिन्, मैले दिपेन्द्र के खनालको क्षमता देखेकी छु, त्यसकारण पुन: उहाँलाई नै निर्देशनको जिम्मा दिँदैछु’ ।

पाण्डेका अनुसार यो चलचित्रमा नेपालका चर्चित कलाकारहरुको अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu