काठमाण्डौ। दयाहाङ् राईको अभिनय रहने गरी नेपाली चलचित्र ‘मिस्टर झोले’ बन्ने भएको छ ।
केहि बर्ष अघि दयाहाङ् अभिनित तथा दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘झोले’ले खुबै चर्चा कमाएको थियो । दयालाई नै अभिनय गराउने गरी ‘मिस्टर झोले’ बनाउन लागिएको हो ।
बिहिवार राजधानीको भाटभटेनी मन्दिरको प्राङ्गणमा क्यामेरा पुजा गरी चलचित्रको शुभ साईत गरिएको छ । शूभसाइतमा दयाहाङ् राईको साथमा नायिका बर्षा राउत र अर्की नायिका दिया पुनको पनि उपस्थिती थियो ।
२०७० सालमा रिलीज भएको ‘झोले’का निर्माता टेकेन खड्काले नै ‘मिस्टर झोले’ बनाउनेछन् । उनको कम्पनी टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा निर्माण गरिने यस चलचित्रको बिषय, स्थान, पात्र, कथा संरचना, भिन्न रहेकोले सिक्वैलको रुपमा नरहेको बताईएको छ ।
रामबाबु गुरुङ्ले निर्देशन गर्ने यो चलचित्रका कार्यकारी निर्माता रौनक बिक्रम कँडेल हुन् । चलचित्रलाई शैलेन्द्र डी कार्कीले छायांकन गर्नेछन् ।
दयाहाङ राई, दिया पुन, वर्षा रावत, प्रबिन खतिवडा, बुद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमल मनी नेपाल, लक्ष्मी बर्देवा ,सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।