काठमाण्डौ। ‘काले दाई’ बोलको गीतको भिडियो त तपाईँले हेर्नुभएकै छ । उक्त गीतमा माला लिम्बु र निश्चल बस्नेतको धमाकेदार नृत्य छ । यो गीतले करोड बढि भ्यूज पाएपछि अब भने उक्त गीत सम्बन्धित चलचित्र ‘पर्व’को ट्रेलर पनि रिलीज भएको छ ।
हेर्नुहोस् ‘काले दाई’:
प्रतिक्षित चलचित्र ‘पर्व’ जेठ १२ गते रिलीज हुँदैछ । चलचित्रमा नम्रता श्रेष्ठ र कोशिश क्षेत्रीको प्रमूख अभिनय छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण कम्पनी सुवास इन्टरटेन्मेन्ट र टिभी फिल्मीले ‘पर्व’ को ट्रेलरसँगै मोसन पोस्टर पनि सार्वजनिक गरेको छ ।
थ्रिलर हरर जनरामा निर्माण भएको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन् । ट्रेलरमा नायक कोशिश क्षेत्री लेखकको भूमिकामा देखिएका छन् भने नम्रता श्रेष्ठलाई मानसिक रोगीको भूमिकामा देख्न सकिन्छ ।
चलचित्र ‘मोक्ष’बाट नेपाली रजतपटमा भित्रिएका नायक कोशिश क्षेत्री र यसअघि नै दर्जनौ सफल फिल्म दिइसकेकी नायिका नम्रता श्रेष्ठले पहिलो पटक ‘पर्व’ मार्फत एकसाथ स्क्रिन शेयर गरेका हुन् ।
चलचित्रमा सुवास गिरी र निकिता पौडेलको लगानी रहेको छ । कोशिश क्षेत्रीको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा विकास सुवेदी एसोसियट निर्देशकको रुपमा रहेका छन् ।
फिल्ममा कोशिश र नम्रताका अलवा माला लिम्बू, अमितेष शाह, प्रिया रिजाल, श्रीयन्स तिमिल्सिना लगायतका कलाकारहरु पनि अभिनय रहेको छ ।
फिल्ममा कोशिश क्षेत्री र राजन राज सिवाकोटीको संगीत, दिनेश राउत र सिवाकोटीकै शब्द छ । निश्चल बस्नेत, मिना निरौला, केतन क्षेत्री र राजनराज सिवाकोटीले गीतमा स्वर रहेको छ ।
ट्रेलर हेर्नुहोस्: