काठमाण्डौ। चर्चित कलाकार विपिन कार्कीले अब ‘नाका’ सम्हाल्ने भएका छन् । उनले नेपाल–चीन सीमानाको तातोपानी नाका सम्हाल्नेछन् । यो कथा अब बन्ने चलचित्र ‘नाका’को हो, जसमा विपिन कार्कीको प्रमूख अभिनय रहनेछ ।
२०७२ मा रिलिज भएको चलचित्र ‘पशुपति प्रसाद’मा भष्मे डन बनेपछि चर्चामा रहँदै आएका कार्कीले पछिल्लो चलचित्र ‘जात्रा’मा खडानन्द नामको सोझो ज्वाईँ र ‘लुट २’मा पित्तल डनको भूमिका निभाएका थिए । भष्मे डन जसरी नै ‘खडु’ नामबाट चर्चामा रहेपछि अब भने उनि गुन्डा नाईकेको भूमिकामा देखिन लागेका छन् ।
अमित श्रेष्ठको निर्देशनमा बन्ने ‘नाका’ले नेपाल–चीन सीमानाको तातोपानी नाकामा हुने तस्करीको कथा भन्नेछ । बैशाख १४ गतेबाट सुट सुरु हुन लागेको चलचित्रलाई मिडिया आर्ट र हाइलाइट्स नेपालले संयुक्त रुपमा निर्माण गर्दैछन् ।
यो चलचित्रमा विपिनसहित रोविन तामाङ, सजन थापा मगर, केशव राई लगायतका कलाकारहरुको लिड रोल रहनेछ । यो चलचित्रको स्केच पोस्टर सार्वजनिक भईसकेको छ ।