दुबईमा ‘मेरी कुशुम’को हाइप



चलचित्र ‘मेरी कुशुम’मा नायक मोहन बोगटी यतिबेला दुबइमा छन् । उनले आफ्नो चलचित्रलाई मे ५ मा दुबइमा रिलिज गर्ने तयारीमा छन् । उनले अभिनय तथा निर्माण गरेको चलचित्र ‘मेरी कुसुम’ जेठ २५ गतेबाट भने नेपालभर रिलिज हुँदैछ ।

एन.आर घिमिरले निर्देशन गरेको यो चलचित्रले प्रेमको कथा भन्छ । दुबई रिलीजबारे मोहनले भने-‘दुबइमा चलचित्रको हाइप एकदमै राम्रो छ । यहाँ, चलचित्रले ‘छक्का पन्जा, लुट २’ जस्ता चलचित्रले गरेको व्यापार भन्दा माथिल्लो व्यापार गर्ने अवस्था छ’ ।

यो चलचित्रमा मोहनको साथमा नायिका हषिर्का श्रेष्ठ र नव-नायिका सुदिप्ताको मुख्य भूमिका छ । यो चलचित्र यी तिनै कलाकारका लागि महत्वपूर्ण छ । चलचित्रको ट्रेलर र गीत अहिले चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu