अपेक्षा र रेचललाई उपाधि



काठमाण्डौ। स्कुल ग्लोरी नेपाल ०१७को उपाधि अपेक्षा लामा र रेचल लामाले चुमको छन् । सिनियरतर्फको उपाधि सर्दीप बोडिङ स्कुलमा अध्यनरत अपेक्षाले चुमेकी हुन् भने जुनियरतर्फको उपाधि प्रोमिनेन्ट किड्स स्कुलमा अध्ययनरत रेचलले चुमेकी हुन् । जी इलेभन नेपालद्वारा आयोजित प्रतियोगीतामा अपेक्षाले आफ्ना ९ प्रतिस्पर्धी र रेचलले १५ प्रतिस्पर्धीलाई पछि पार्दे यो उपाधि हासिल गर्न सफल भएका छन् । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी वलका पुर्व महानिरिक्षक शैलेन्द्रकुमार श्रेष्ठले ताज पहिराएका थिए ।

प्रतियोगितामा सिनियरतर्फ लिटिल एञ्जल स्कुलकी आयुष श्रेष्ठ फस्ट रनरअप, सरस्वती बोर्डिङ उमा विकी सेजल ओली सेकेण्ड रनरअप र ज्ञान सिन्धु स्कुलकी सिसम रार्ईले पव्लिक च्वाइस अवार्डको उपाधि जित्न सफल भएका छन् । त्यस्तै जुनियरतर्फ नागार्जुन भ्याली एकेडेमीकी प्रथा धमला फस्ट रनरअप, चेतना सदनका छात्र लियोन लामा दोङ र प्रोमिनेन्ट किड्स स्कुलकी मरिना भण्डारी सेकेण्ड रनरअप भएभने सिइए हाई स्कुलकी आयुषा रायले पब्लिक च्वाइस अवार्डको उपाधि हासिल गरिन ।

राजीव बलामी, प्रकृति धमला र सोनीया लिम्बुको कोरियोग्राफी रहेको प्रतियोगितामा जुनियरतर्फ एरियन लामिछाने मष्ट चियरफूल, सहयोग आस्थानी मगर मष्ट चार्मिङ, सोनिका ढकाल प्रिजेन्ट पर्सानालीटी, युनिसा रिजाल वेष्ट डे«स, अस्ली रसाइली वेष्ट हेयर, रोहीनी श्रेष्ठ मष्ट एक्टीभ, युनिका लम्साल वेष्ट स्माइल, ओनी खवास फोटोजेनिक, रीतु ओझा क्युटेष्ट चाइल्ड, अदिती पौडेल मष्ट स्पोकन, र रश्मि तामाङले मष्ट डिसिपिलिनको अवार्ड हात पार्न सफल भए ।

त्यसैगरी सिनियरतर्फ रुमी महर्जन मष्ट टायालेन्ट, रिशीका महर्जन वेष्ट हेयर, एशिया लामिछाने मष्ट एक्टीभ, स्मारिका पुलामी फोटोजेनिक, सदीक्षा बाँनीया मष्ट आउट स्पोकन र सोनु पाठकले वेष्ट पर्सनालीटीको उपाधि हासिल गरे ।

कार्यक्रममा अपेक्षा लामालाई ३० हजार, फष्ट रनरअप आयुषा श्रेष्ठलाई २० हजार, सेकेण्ड रनरअप सेजल ओलीलाई १० हजार र पव्लिक च्वाइस अवार्ड विजेता सिसम राईलाई सम्बन्ध व्यूटी एण्ड डान्स ट्रेनिङको तर्फबाट नगद पाँच हजार सहित विभिन्न गिफ्टह्याम्पर प्रदान गरिएको थियो ।

त्यसैगरी रेचल लामालाई १५ हजार, फष्ट रनरअप प्रथा धमलालाई १० हजार, सकेण्ड रनरअपद्वय छात्र लियोङ लामा दोङ र मरिना भण्डारीलाई नगद पाँच हजार र पव्लिक च्वाइस अवार्ड विजेता आयुषा रायलाई फेसिलिटी क्लिनर्स कम्पनीको तर्फबाट पाँच हजार सहित विभिन्न गिफ्टह्याम्पर प्रदान गरिएको थियो । अन्य विजेतालाई पनि प्रमाणपत्र, ट्रफीसहित विभिन्न गिफ्टह्याम्पर दिइएको थियो ।

प्रतियोगितामा लागि कोरियोग्राफर-फेशन सञ्चारकर्मी जयन सुब्बा मान्नधर, नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, हेयर स्टाइलीष्ट निल डेविट कटुवाल, कलाकार रोहीनी भट्टराई, इञ्जिनियर रामहरि फूँयालले निर्णयकको भूमिका निभाएका थिए । रुकमान लिम्बुको साङ्गीतिक प्रस्तुती, मोहन किम्रिकको ध्यान मेडिटेसनबाट शुरु भएको कार्यक्रमको सञ्चालन प्रकृति धमला र सोनिया लिम्वुले गरेका थिए । ‘बालबालिकाको व्यक्तित्व विकासका लागि आफूहरुले यो प्रतियोगीता गरेको हो’, कार्यक्रम संयोजक भक्त राइले उक्त अवसरमा भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu