चिरिप्पै तानी कोदोको पानी फकाउला सानीलाई (भिडियो)



काठमाण्डौ। दर्जनौँ हिट म्यूजिक भिडियोहरु पस्किसकेका निर्देशक रोजल थापाले गायकको रुपमा पनि आफ्नो परिचय थपेका छन् । हालैमा युट्युबमार्फत सार्वजनिक भएको “चिरिप्पै तानी कोदोको पानी फकाउला सानीलाई” बोलको गीतमा निर्देशक रोजलकै शब्द, संगीत र स्वर रहेको छ ।

क्रिस्टिना थापाको प्रेममा चुर्लुम्मै डुबेका मोडल दिव्य दाहाललाई मदिरा सेवन गर्ने बानी हुन्छ । क्रिस्टिनालाई यो बानी पटक्कै मन पर्दैन् । यसैबीच क्रिस्टिना र दिव्यको प्रेममा अर्का मोडल अमृत शाही ठकुरीको ईन्ट्री हुन्छ । अन्ततः क्रिस्टिनालाई अमृतले आफ्नी प्रेमीका बनाउँछन् । लक्षु प्रकाश मल्लको एरेञ्ज रहेको गीतको भिडियोमा रोहित बस्नेतको कोरियोग्राफी छ ।

रामेश्वर कार्कीले भिडियो खिचेका हुन् भने सम्पादन श्याम कुँवरले गरेका हुन् । गायक रोजल आफैले भिडियो डायरेक्सन गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu