‘प्रेमगीत २’को कभर गीत गाएर लाख जित्ने मौका



काठमाण्डौ। नेपाली चलचित्र ‘प्रेमगीत २’ ले टाइटल गीत ‘कहानी यो प्रेमगीत को’ ‘कभर गीत प्रतियोगीता’ आयोजना गरिएको छ । श्रावण १३ गते रिलीज हुने चलचित्रले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण कम्पनी आशुसेन फिल्मसले केही दिन अगाडी युट्युबमा सार्वजनिक गरिएको ‘प्रेमगीत २’ को टाइटल गीत ‘कहानी यो प्रेमगीत को’ हिट बनेपछि ‘कभर गीत प्रतियोगीता’ आयोजना गरेको हो ।

उक्त गीतलाई रोहित जोन क्षेत्री र श्रेया सोताङले गाएका छन् । गीतमा अमृत मरहठ्ठाको शब्द र कल्याण सिंहको संगीत रहेको छ । ‘कभर गीत प्रतियोगीता’ को घोषणा गर्दै फिल्मका निर्देशक रामशरण पाठकले विश्वको जुनसुकै ठाउँबाट प्रतियोगीहरुले ‘प्रेमगीत २’ को शिर्ष गीत ‘कहानी यो प्रेमगीत को’ गाउन सक्ने बताए । उनले भने, ‘प्रतियोगीहरुले गाउँदा जुनसुकै म्यूजिकल इन्स्टुमेन्ट, भिडियो रेकडिङ डिभाइसेस वा हाईलाईट्सको युट्युब च्यानलमा उपलब्ध लिंक म्यूजिकल ट्रयाकलाई डाउनलोड गरि प्रयोग गर्न सक्नेछन् ।’

उनका अनुसार, प्रतियोगीहरुले गाएको भिडियो यही बैशाख १८ असार २० गतेसम्म युट्युबमा अपलोड गरिसक्नु पर्नेछ । र, यसको लिंकसहित व्यक्तिगत विवरण [email protected]) मा पठाउनु पर्नेछ ।

फिल्मका निर्माता सन्तोष सेनले नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्न ‘कभर गीत प्रतियोगीता’ सुरु गरेको बताए । निर्माता सेनले दिएको जानकारी अनुसार, प्रतियोगीहरुबाट प्राप्त भिडियो हाईलाईट्सको अफिसियल युट्युब च्यानलमा अपलोड भएपछि आशुसेन फिल्मसले यसको लिंक सम्बन्धित प्रतियोगीहरुलार्ई पठाउनेछ । युट्युब भ्यूजबाट १० जना र निर्णायक मण्डलले वाइल्ड कार्डबाट दिने ५ सहित जम्मा १५ जना प्रतियोगीहरु अन्तिम चरणमा पुग्नेछन् ।

छानिएका प्रतियोगीहरुले आफ्नो गायन कला प्रस्तुत गर्नु पर्नेछ र निर्णायक मण्डलकै आधारमा एक जना पुरुष र एक जना महिलालाई विजेता घोषणा गरिनेछ । विजेताले जनही १/१ लाख पाउनेछन् भने आशुसेन फिल्मसले निर्माण गर्ने नेक्ट्स प्रोजेक्टमा गीत गाउने अवसर पनि प्राप्त गर्नेछन् । निर्माणपक्षले निर्णायक मण्डलमा को-को हुनेछन् भन्ने कुरा भने गोप्य राखेको छ ।

ट्रयाक यहाँ छ:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu