जिग्री-पाँडेले बनाउने घर निर्माण शुरु, अझै पुगेन रकम



राजविराज। सप्तरी जिल्लाको प्रवाहा गम्हरिया गाविसका १७ जनाको लागी जिग्री पाँडे प्रतिष्ठानले तीन घर बनाउन शुरु गरेको छ । १७ जना मध्ये ६ जना दृष्टिबिहिन अभिभावक रहेको तीन परिवारको लागी बालमैत्री, अपांगमैत्री लगायतका सुविधासहितका घर बनाउन लागेको प्रतिष्ठानले जनाएको छ ।

हाँस्य कलाकारहरु कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले प्रतिष्ठान स्थापना गरेका हुन् । सप्तरीका तीन घर बनाउन ३० लाख बजेटको प्रारम्भिक अनुमान गरिएको छ । उक्त रकममा अब १० लाख अपुग रहेको कट्टेलले बताएका छन् । उनले संसारभर रहेका नेपालीहरुबाट सहयोगको अपेक्षा गरेका छन् ।

उनले ठुलोपर्दा डटकमसँग कुरा गर्दै भनेका छन्, ‘सहयोगी प्रति नमन । र अझै सहयोगको खाँचो रहेकोले सहयोगी मनहरुलाई सहयोगको लागी अपील गर्दछु । समाज रुपान्तरणमा हामी युवा अब अघि आउनु पर्छ र सकरात्मक सोच्दै सकारात्मक काममा मात्र हामी युवा परिचालित हुनुपर्छ’ ।

कयौँ बर्षदेखी परालमा सुत्दै आएका, नांगै रहेकाहरुको लागि घर बनाउन लागेको प्रतिष्ठानको भनाई छ । साथै प्रतिष्ठानले त्यहाँका बालबालिकाको शिक्षा, स्वास्थ्यमा पनि पहल गरिरहेको जनाएको छ ।

प्रतिष्ठानमा सहयोगको लागी जिग्री पाँडे प्रतिष्ठानको नम्बर 9841026266 मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu