एजेन्सी। ‘कटप्पाले बाहुबलीलाई किन मारे ?’ यो प्रश्नको जवाफ खोज्दै अहिले असंख्य दर्शकहरु हलमा ओईरिईरहेका छन् । ‘बाहुबली २’ ले पहिलो दिन १२१ करोडको व्यापार गर्दै किर्तिमानी कायम गरेको थियो । हालसम्म यो चलचित्रले लगभग सबै किर्तिमानी कायम गरेको छ ।
‘बाहुबली २’ को क्रेज भारतमा मात्र होइन विदेशमा पनि उतिक्कै लोभलाग्दो रहेको प्रष्ट भएको छ । इन्टरनेशनल लेभलमा पनि ‘बाहुबली २ : द कनक्लूजन’ ले कमाईको मामलामा सबै रेकर्ड तोडिसकेको छ । ‘बाहुबली २’ ले एम्मा वाटसन र टम ह्याक्स जस्ता ठूला हलीउड स्टारको फिल्मलाई समेत पछारेको छ ।
टम ह्याक्सको फिल्म ‘द सर्कल’ ले ९.३ मिलियन डलरको विजनेश गरेको छ भने ‘बाहुबली २’ ले १०.१ मिलियन डलर कमाएको छ । जबकि यो फिल्म केवल ४२० स्क्रिनमा प्रदर्शन भैरहेको छ । त्यस्तै, लगभग १९ मिलियनको विजनेश गर्न सफल ‘द फेट अफ द फ्यूरियस’ ४ हजार स्क्रिनमा प्रदर्शन भैरहेको छ । दोस्रो नम्बरमा ‘हाउ टू बी ए लैटिन लभर’ छ, जसले अमेरिकामा १२ मिलियनको कमाई गरेको छ ।