‘महानगर’मा कर्मा र मेनुका



काठमाण्डौ। चलचित्र ‘महानगर’को घोषणा गरिएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको यो चलचित्र बैशाख २७ गतेबाट फ्लोरमा जाने छ । मिडलवे फिल्मसले माउण्टेन रिभर फिल्मससँगको सहकार्यमा निर्माण गर्न लागेको चलचित्रमा काठमाडौं महानगरमा बस्ने तर अटाउन नसक्ने एक यूवक र एक यूवतीको कथा भन्ने बताईएको छ ।

‘महानगर’का लेखक तथा निर्देशक मोहन राईका अनुसार महानगर काठमाडौं वा काठमार्डौं जस्तै महानगरहरुको किनारा अथवा ‘मार्जिन’ मा बस्ने मानिसहरुको र उनीहरुको पीडा, दुख र एक्लोपनको कथामा फिल्म बन्नेछ । तर यो मानिस-मानिसबीच हुन सक्ने संवाद र प्रेम अनि हरेक निराशाबीच पनि पलाउन सक्ने आशको कथा पनि हुनेछ ।

फिल्मका कार्यकारी निर्माता गोविन्द पराजुली हुन् भने नरेन्द्र मैनालीले फिल्म खिच्नेछन् । फिल्मको विषयमा बोल्दै नायक कर्माले ‘महानगर’ को कथावस्तु निकै रमाइलो रहेको बताए । यसअघि फिल्ममा नायिका केकी अधिकारी लिड रोलमा रहने खबर बाहिर आएको थियो तर नायिका मेनुका प्रधानले केकीलाई रिप्लेस गरेकी छिन् । कार्यकारी निर्माता गोविन्द मैनालीका अनुसार, व्यस्त सेड्यूल भएका कारण केकी अघिकारीले ‘महानगर’ मा काम गर्न नभ्याएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu