काठमाण्डौ। नायिका ऋचा शर्माले बनाएको नेपाली चलचित्र ‘आधा लभ’को ट्रेलर रिलीज भएको छ । अर्का कलाकार अर्पण थापाले यो चलचित्र निर्देशन गरेका छन् ।
बिहिवार राजधानीमा पत्रकार सम्मेलन गर्दै ट्रेलर रिलीज गरिएको हो । मिथिला शर्मा, टिका पहारी, अर्पण थापा, ऋचा शर्मा, रेमन दाश श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको ‘आधा लभ’ले मानिसको जीवनका बिभिन्न पाटोहरु पेश गर्छ ।
शिसन बानियाँले छायांकन गरेको यो चलचित्रका सम्पादक निमेश श्रेष्ठ हुन् । जेठ २६ गते रिलीज हुने ‘आधा लभ’मा संगीत सुजिल कर्माचार्यको रहेको छ ।
ट्रेलर हेर्नुहोस्: