ग्यांगस्टरबने आशिर्मान, हेर्नुहोस् ‘ग्याङ्गस्टर ब्लूज’को टीजर (भिडियो)



काठमाण्डौ। निर्देशक हेमराज बिसी निर्देशित फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ को टीजर रिलिज भएको छ । टीजरमा आशिरमान देशराज जोशी, आना शर्मासँगै संयम पुरी र रोजिशा शाही ठकुरी फिचरिङ छन् ।

‘ग्याङ्गस्टर ब्लूज’ बाट नेपाली रजतपटमा भित्रिएका आशिरमान देशराजको एक्सन अवतार टीजरमा विशेष देख्न सकिन्छ भने नायिका आनासँग उनको रोमान्स पनि हेर्न पाइन्छ । अभिनेत्री रोजिशा भने आना र आशिरमानको प्रेममा भिलेन अवतारमा प्रस्तुत भएको टीजरले छनक दिन्छ ।

सरोज न्यौपानेले निर्माण गरेको यो फिल्मको नेपालगंजबाट सम्पुर्ण छायांकन सकिएको थियो । भदौ २ लाई प्रदर्शन मिति तय गरेको फिल्मलाई शैलेन्द्र डि कार्कीले खिचेका हुन् ।

टीजर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu