खगेन्द्रको साइकल सुरक्षा सरर, धनपति पोस्टर रिलीज



काठमाण्डौ। दीपेन्द्र के. खनालको निर्देशनमा बनेको नेपाली चलचित्र ‘धनपति’ को पोष्टर रिलिज भएको छ । फिल्म ‘पशुपति प्रसाद’ को व्यवसायिक सफलतापछि टुकी आर्ट्स प्रा. लि.ले दीपेन्द्र के. खनाल प्रोडक्सनसँगको सहकार्यमा यो चलचित्र निर्माण गरेको हो ।

खगेन्द्र लामिछाने र सुरक्षा पन्त स्टारर यो चलचित्र असार २३ गते रिलिज हुनेछ । सार्वजनिक पोष्टरमा खगेन्द्र उर्फ धनपती आफ्नी श्रीमती सुरक्षा पन्त र छोरीलाई साइकलमा राखेर हिँडिरहेका छन् । पोष्टर सार्वजनिक गर्दै निर्माणपक्षले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘राजनीतिक विरासत बोकेको सानाकाजी उर्फ धनपती द्वन्द्वको चपेटामा परी पूर्वी तराईबाट राजधानी आएर बसेको हुन्छ । गर्जो टार्नका लागि सानो रेष्टुरेन्टमा काम गर्नुको अलावा उसँग अन्य आयस्रोत छैन । ऊ आफ्नो इमान बेच्न चाहदैन । ‘धनपती’ छोरीलाई बोर्डिङ स्कुलमा पढाउन चाहन्छ ।’

चलचित्रमा खगेन्द्र लामिछानेको लेखन रहेको छ भने खगेन्द्र र सुरक्षाका अलवा आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ । सुर्य थोकरको द्वन्द्व निर्देशन रहेको फिल्ममा शैलेस श्रेष्ठको पार्श्व संगीत, आधासुरको संगीत छ ।

ओम गुरुङ सहायक निर्माता रहेको यो फिल्ममा रजना नापित र समीर देवकोटा सह-निर्माताको रुपमा रहेका छन् । फिल्मका निर्माता रोजिना सिटौला हुन् ।

हेर्नुहोस् मोशन पोष्टर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu