नव नायकसँग डल्लीको रोमान्स (भिडियो)



काठमाण्डौ। नेपाली चलचित्र ‘डायरी’ को रोमान्टिक गीत रिलिज भएको छ । ‘कस्तो हो यो’ बोलको गीतको भिडियोमा डल्ली अर्थात् नायिका छुल्ठिम गुरुङ र नव नायका सन्नी सिंहबिचको रोमान्स देख्न सकिन्छ ।

स्वप्निल शर्माको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र रजिना रिमालको स्वर छ । कोरियोग्राफी शिशिर खातीको रहेको भने कस्ट्युम डिजाइन कमल मानन्धरको छ ।

अनिल योञ्जनको निर्देशन रहेको फिल्म ‘डायरी’ मा नायिका रेखा थापा भिलेनको रुपमा प्रस्तुत भएकी छिन् । राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन रहेको फिल्ममा शिव राम श्रेष्ठको छायांकन छ । पटकथा तथा संवाद निर्देशक योञ्जन र छेतेन गुरुङको हो । यो चलचित्र जेठ ५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu