एउटै घरमा खिचिएको ‘मन्दिरा’ ट्रेलर सार्वजनिक (भिडियो)



काठमाण्डौ। नेपाली चलचित्र ‘मन्दिरा’ को अफिसियल ट्रेलर रिलिज भएको छ । असार २ गतेबाट अलनेपाल रिलिज हुने यो चलचित्र एउटै घरमा छायांकन गरिएको छ ।

ट्रेलरमा फिल्मका नायक नरेन खड्का एक यूवतीको विषयमा कथा लेखिरहेका हुन्छन् । एउटा घरमा घटेको प्रतिनिधी घटनालाई आधार बनाएर मन्दिरा निर्माण भएको बताईएको छ । चलचित्रको लोकेशन सिमित भएपनि कथावस्तु निकै फराकिलो रहेको बताईन्छ । चलचित्रका लेखक-निर्देशक दिपेश सापकोटा हुन् ।

भट्ट एन्ड सन्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा जेवी डीसी, नरेन खड्का, प्रवण भुषाल, लक्ष्मी बस्नेत, विना पोख्रेल, विनिता वली लगायतका कलाकारको लिड रोल छ । हरि भट्टले लगानी गरेको यो फिल्ममा उज्ज्वल ढकालको सम्पादन, देव राइको संगीत, सुसन प्रजापतिको छायांकन छ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu