यूट्युबको नेपाल सँस्करणको पहिलो नम्बरमा ‘ग्याङ्गस्टर’ टिजर



काठमाण्डौ। तीन दिन पहिले रिलिज फिल्म ‘ग्याङ्गस्टर ब्लूज’को टिजरले युट्युबको नेपाल सँस्करणमा ट्रेण्डिङमा पहिलो स्थानमा उक्लिएको छ । बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म ‘ट्युवलाईट’को टिजरलाई पछि धकेल्दै ग्याङ्स्टर टिजरले यो समाचार तयार पार्दासम्म पहिलो स्थान कब्जा गरेको छ ।

हेमराज बिसी निर्देशित फिल्मको टिजरको लोकप्रियता बढ्दो छ । भदौ २ मा रिलिज हुने फिल्मको टिजरलाई अहिलेसम्म युट्युवमा साढे दुई लाख बराबरले हेरेका छन् । युट्युवमा आएका सयौं कमेन्टमा धेरेले उत्कृष्ट लेखेका छन् भने हलिउड शैलीको भनेर प्रसंशा गर्नेको पनि कमी छैन् ।

डेब्यू ब्वाई आशिरमान देशराज जोशीलाई आशाको किरण मानिएको छ भने केहि बर्ष पहिले रिलिज ‘जेरी’ फिल्मपछि पर्दामा नआएकी आना शर्माको पर्खाईका शब्द पनि व्यक्त छन् । फिल्ममा आशिरमान र आनासँगै संयम पुरी, रोजिशा शाहि ठकुरी, प्रमोद अग्रहरी लिड अभिनयमा छन् । सरोज न्यौपानेले निर्माण गरेका हुन् ।

टीजर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu