रञ्जु र म्याण्डीलाई गरे कुमारले निर्देशन



रंग पत्रकार कुमार आचार्यले अब निर्देशन तर्फ पनि हात हालेका छन् । कुमारले हालै अर्का रंग पत्रकार एवं गायक सुरज पौडेलको स्वरमा रहेका दुई गीतको भिडियो निर्देशन गरेका छन् ।

चितवन र नवलपरासी आसपासमा छायांकन गरिएका गीतको भिडियो चाँडै सार्वजनिक गर्ने आचार्यले बताएका छन् । भिडियोमा केहि चलचित्रमा अभिनय गरेकी रञ्जु शर्माले अभिनय गरेकी छन् भने म्याण्डी बाबुको पनि अभिनय छ ।

सुरजका दुईवटा डान्सिङ् गीतको भिडियोका कोरियोग्राफर जगत रामचन्द्र रेग्मीको छ । रवि कोईरालाले छायांकन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu