इटहरीमा चलचित्र संघको भवन बन्दै



नेपाल चलचित्र संघको ईटहरीको आईतबारेमा नयाँ शाखाका लागि २ तले भवनको शिल्यान्यास गरिएको छ । आइतबार ईटहरीमा आयोजित पूर्वाञ्चल भेलासँगै संघको १ कठ्ठामा बन्ने दुई तले पक्की भवनको शिल्यान्यास गरिएको हो ।

चलचित्र संघका पूर्व अध्यक्ष राजकुमार पोखरेल तथा संघका नवनिर्वाचित अध्यक्ष प्रदीप उदय र पूर्वाञ्चल सभापति चैतन्य बराल लगायतले संयूक्त रुपमा भवनको शिल्यान्यास गरेका थिए । यो जग्गा २० वर्ष अगाडि नै किनेको भएपनि अहिलेसम्म भवन निर्माण हुन सकेको थिएन । चलचित्र संघका अध्यक्ष प्रदीप उदयले पूर्वाञ्चल क्षेत्रमा रहेका आफ्ना सदस्यहरुलाई प्रोत्साहन गर्ने तथा संघलाई अझ बलियो बनाउनका लागि संघको उक्त एक कठ्ठा जग्गामा भवन निर्माण गर्न लागेको बताए ।

साथै, संघको पूर्वाञ्चल भेलाले नेपाल चलचित्र संघको वृहतर हितमा एक भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेको छ । अध्यक्ष प्रदीप उदयका अनुसार, ५० लाखको लागतमा १ बर्षभित्र संघको २ तल्ले भवन निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu