अविवाहित नीताको सिउँदोमा सिन्दुर



काठमाण्डौ। लगातार आफू अभिनित फिल्महरु असफल हुँदा पनि हातमा फिल्म नछुट्ने भाग्यमानी नायिका हुन् नीता ढुंगाना । हाल उनी बलीउड कलाकार राजपाल यादवको समेत अभिनय रहेको फिल्म ‘करोडपति’ को छायांकनमा व्यस्त छिन् ।

यो फिल्ममा नीताको जोडी नायक आर्यन अधिकारीसँग बाँधिएको छ । फिल्मभन्दा बढी म्यूजिक भिडियो र विज्ञापनहरुमै व्यस्त रहने नीताले मंगलवार साँझ आफ्नो आधिकारीक फेसबुक आइडीमा एक तश्वीर पोष्ट गरिन्, जसले उनलाई अहिले एउटै प्रश्नको समाना गर्नु परेको छ के तपाईले विवाह गर्नु भएको हो ?

नायक आमेश भण्डारीसँगको प्रेमसम्बन्ध टुंग्गाएपछि एक्ली नीताले फेसबुकमा पोष्ट गरेको तश्वीर पनि त्यस्तै प्रश्नको बाढी लाग्ने खाल्को नै छ किनकी तश्वीरमा नीताको सिउँदोमा सिन्दुर स्पष्ट देख्न सकिन्छ । अविवाहित नीताको सिउँदोमा सिन्दुर देखेपछि उनका प्रशंसकहरु अचम्ममा नपर्ने त कुरै भएन । फेसबुकमा यो तश्वीर अपलोड गरेपछि उनका प्रशंसकहरुले कमेन्ट बक्समा एउटै प्रश्न सोधेका छन् विवाह कहिले गर्नु भयो ?

वास्तवमा नीताले रियलमा विवाह गरेकी भने होइनन् । एक क्वालिटी प्रोडक्टको विज्ञापनमा नीताले कलाकार प्रमोद अग्रहरीको श्रीमती बन्नु परेपछि सिउँदोमा सिन्दुर लगाएकी हुन् । विना क्याप्सन नीताले यो तश्वीर पोष्ट गरेका कारण पनि उनका प्रशंसकहरु सप्राइज भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu