‘चमेली’ भगाउने अनुपको यस्तो रुप (भिडियो)



काठमाण्डौ। नायक अनुप विक्रम शाही (कमले) र नायिका सन्ध्या केसी (चमेली) बनेको फिल्म ‘कमलेको बिहे’ को एक गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर र ‘टाकन टुकन’ बोलको गीत सार्वजनिक गरिएको हो । फिल्मको ट्रेलर जेष्ठ १५ गते युट्युबमा सार्वजनिक हुनेछ भने ‘टाकन टुकन’ बोलको गीत युट्युबमा रिलिज भैसकेको छ । गीतमा राजनराज सिवाकोटीको शब्द र संगीत सुन्न सकिन्छ भने राजन र गायिका मान्डवी त्रिपाठीको स्वर छ ।

गीतको भिडियोमा नायक अनुप विक्रम शाहीको गेटअप हेर्दा तपाईहरु चकित पर्नुहुन्छ । ‘ह्यान्डसम भिलेन’को रुपमा दर्शकमाझ चिनिएका नायक अनुप विक्रम शाही लामो तर विग्रिएको कपाल, पावरवाला चश्मा, लामो टुप्पी सहित देखिएका छन् । फिल्ममा उनले बनारसमा शास्त्रिय विद्या पढेर गाउँ फर्किएपछि बिहेका लागि गरेको संघर्ष प्रस्तुत गरिएको छ । प्रशन्न पौडेलले निर्देशन गरेको यो फिल्ममा अनुप विक्रम शाही र सन्ध्या केसीका अलावा विनोद न्यौपाने, इशान ढकाल, किरण लकौल लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

अनुप विक्रम शाही अनुपस्थित ट्रेलर र गीत रिलिज कार्यक्रममा नायिका सन्ध्या केसी भने उपस्थित थिइन् । फिल्मको विषयमा बोल्दै नायिका सन्ध्याले ‘कमलेको बिहे’ मा आफूले पाएको भूमिका निकै सशक्त रहेको बताइन् । त्यस्तै, फिल्मको विषयमा बोल्दै निर्देशक प्रशन्न पौडेलले ‘कमलेको बिहे’ मा उठान गरिएको कथावस्तु हरेक घरमा घटेको घटना भएको बताए । उनले भने, ‘यो फिल्म प्रेम विवाह र मागी विवाहबीचको वरिपरी घुमेको छ । कमलेले चाहेको केटी विवाह गर्छ कि गर्दैन भन्ने नै फिल्मको मुख्य विषयवस्तु हो ।’

महेश दवाडीको कथामा तयार भएको यो फिल्ममा सरीता विष्ट, सुनिल विष्ट र मिलन लामाले संयूक्त लगानी छ । विदुर पाण्डेको छायांकन रहेको फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध, दिपकमान सिंहको कोरियोग्राफी, तारा थापाको सम्पादन छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu