चलचित्र पत्रकार संघ नेपालको बार्षिकोत्सव: लम्साललाई सम्मान, सुवेदी, पौडेल र राउतलाई पुरस्कार



काठमाण्डौ। चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालले स्थापनाको १८ औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवस मनाएको छ । राजधानीमा आईतबार आयोजित एक औपचारिक कार्यक्रमका बीच वार्षिकोत्सवको अवसरमा चार चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

यस बर्ष चलचित्र पत्रकारिता राष्ट्रिय सम्मानबाट वरिष्ट पत्रकार डा. नवराज लम्साललाई सम्मानित गरिएको छ । लम्सालले दुई दशक लामो चलचित्र तथा कला पत्रकारिता मार्फत यस क्षेत्रको विकास र सम्वृद्धीको लागी तथा संघको नाम उच्च बनाउन गरेका पुर्‍याएको योगदानको कदर गर्दै डा. लम्साललाई ट्रफी र ताम्रपत्र सहित सम्मान प्रदान गरियो । देश बाहिर भएका कारण कार्यक्रममा उपस्थित हुन नसकेका लम्सालको सम्मान पत्नि संगीता लम्सालले थापेकी थिईन् ।

यस्तै, चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय पारस पौडेल र विजय सुवेदी आवाजलाई पुरस्कृत गरिएको छ । पौडेल र सुवेदी दुबै एक दशक लामो समयदेखि चलचित्र पत्रकारितामा संलग्न छन् । पछिल्लो समय पौडेल सगरमाथा टेलिभिजन अनि सुवेदी अनलाईनखबर डटकममा कार्यरत छन् । पत्रकारद्वयलाई नगद २१ हजारसँगै ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।

चलचित्र पत्रकार संघको १८ बर्षे ईतिहासमा पहिलो पटक संघले यस बर्षबाट नव प्रवेशी उर्जावान अनि संभावनावान पत्रकारलाई प्रोत्साहन पुरस्कार प्रदान गर्न सुरु गरेको छ । संघको तर्फबाट प्रदान गर्न सुरु गरिएको प्रोत्साहन पुरस्कार पहिलो पटक पहिलोपोस्ट डटकममा कार्यरत स्वेच्छा राउतले पाएकी छिन् । स्वेच्छालाई प्रोत्साहन पुरस्कार स्वरुप ल्यापटपको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।

सम्मानित तथा पुरस्कृत सबैलाई कार्यक्रमका प्रमुख अतिथीद्वय वरिष्ठ कलाकार हरिवंश आचार्य र नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टसँगै सभापति सन्दिप सापकोटाले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए । चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदय, चलचित्र विकास वोर्ड सदस्य अशोक प्यासी राई, संस्थापक अध्यक्ष भरत शाक्य, पुर्व अध्यक्ष विदुर गिरी, प्रमुख अतिथी द्वय आचार्य र विष्टले कार्यक्रममा मन्तव्य राख्दै सुभकामनाको साथमा संघले गरेका पछिल्ला गतिविधीहरुको प्रशंसा गरेका थिए ।

कार्यक्रम समापन गर्दै मन्तव्य राखेका संघ अध्यक्ष सापकोटाले सम्मानित तथा पुरस्कृत सबैकाई बधाई ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्न सबैलाई धन्यवाद बोले । यस्तै सापकोटाले चलचित्र पत्रकारिता दिवसलाई संघ सँग सम्वद्ध सबैले वर्ष भरी गरेका कामहरुको समिक्षा गर्ने दिनको रुपमा लिन आग्रह गर्दै आफु भित्र रहेका स्वेश, कलेसलाई त्याग्दै आपसी भाईचारा र आत्मियता साटासाट गर्ने दिनका रुपमा लिन आग्रह गरे ।

कार्यक्रममा संघको स्थापनाको १८ औं वसन्त पार गरेको अबसरमा ‘एनिभर्सरी केक पनि काटिएको थियो भने लामो समयदेखि घाँटीमा समस्या आई स्वर गुमाउँदै गएका कलाकार दिपक क्षेत्रीको उपचारको लागी संघको तर्फबाट थालनी गरिएको सहयोग अभियानबाट संकलित ७ लाख ३ हजार ३ सय ५७ रुपैँया पनि क्षेत्रीलाई प्रदान गरिएको छ ।

फोटो: बिबेक बश्याल

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu