काठमाण्डौ। भदौ २३ गतेलाई रिलिज डेट कन्फर्म गरिएको कमेडी फिल्म ‘२ रुपैयाँ’ को फस्र्टलुक पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक दुई पोष्टरमा निर्देशक निश्चल बस्नेतको नाम ‘जुरेली’ र आशिफ शाहको नाम ‘दाह्री’ छ । फिल्ममा निश्चलको मुख्य भूमिका रहेको छ ।
ए जि टु वान प्रोडक्शन प्रा.ली र ब्ल्याक हर्स प्रा.लीले निर्माण गरेको यो फिल्ममा निश्चल र आशिफका अलवा बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतका कलाकारहरुको पनि अभिनय छ ।
असिम शाहले निर्देशन गरेको यो कमेडी फिल्ममा आशिफ र निश्चल मिल्ने साथी हुन्छन् । यी दुई मिल्ने साथीहरु यात्रामा निस्किँदा आइपर्ने समस्या र समस्याबाट उम्कन खोज्दा आइपर्ने अनेक समस्याको वरिपरी फिल्मको कथा घुमेको छ । यो फिल्म अहिले सम्पादन टेवुलमा छ ।