प्रिमियरमा रुचाइयो ‘पर्व’



काठमाण्डौ। आइटम गीत ‘काले दाई’ कै कारण बजारमा यतिबेला चलचित्र ‘पर्व’ को चर्चा परिचर्चा खुबै छ । युट्युबमा करोड पटक हेरिएको ‘काले दाई’ पछि दर्शकहरु अब जेष्ठ १२ गतेबाट ‘पर्व’ हेर्न आतुर छन् । यसैबीच ‘पर्व’ को बुधवार राजधानीको बिग मुभिजमा भब्य प्रिमियर शोको आयोजना गरिएको थियो ।

उल्लेख्य संख्यामा चलचित्रकर्मीहरुको उपस्थिती रहेको पर्व प्रिमियरमा चलचित्रका मुख्य कलाकार नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीसँगै निर्देशक दिनेश राउत, निर्माता सुवास गिरी लगायत उपस्थित थिए ।

त्यस्तै, नायिका केकी अधिकारी, माल्भिका सुब्बा, रिमा विश्वकर्मा, पुजा शर्मा, गौरी मल्ल, निर्माता प्रदीप उदय, विनोद मानन्धर लगायत पनि ‘पर्व’ हेर्न बिग मुभिज पुगेका थिए । प्रिमियरपछि चलचित्रकर्मीहरुले ‘पर्व’ उत्कृष्ट फिल्म बनेको प्रतिक्रिया दिए । फिल्म हेरेर फर्किएका सबैले कथावस्तु, निर्देशकसँगै दर्शकहरुलाई मुटु दह्रो बनाएर ‘पर्व’ हेर्न पनि आग्रह गरे ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu