स्वेताले बनाउने माझी बस्ती शिलान्यास



सिन्धुपाल्चोक जिल्लाको ठूलोसिरुबारीस्थित ‘माझी गाउँ एकिकृत बस्ती’ शिलान्यास भएको छ । नायिका श्वेता खड्काद्वारा सञ्चालित स्वेताश्री फाउण्डेशनले एकीकृत नमुना बस्ती निर्माण गर्नेछ ।

भूकम्प गएको दुई वर्षसम्म कष्टकर रुपमा जिवन गुजारिरहेका ६३ माझी परिवारको लागि अभिनेत्री श्वेता खड्का र पुनर्निर्माण प्राधिकरण प्रुमख डा. गोविन्द पोखरेलले इट्टा राख्दै सोमवार ‘माझी बस्ती’ को शिलन्यास गरे । ‘हाम्रो रहर सानो घर’ भन्ने मुल नारा लिएर ‘स्वेता श्री फाउन्डेशन’ले ‘माझी बस्ती’ निर्माण गर्न लागेको हो ।

बस्ती शिलन्यास कार्यक्रममा राष्ट्रिय पूननिर्माण प्राधिकरणका सीइओ डाक्टर गोविन्द पोखरेल, पूर्व प्रधान सेनापति रुक्मागत कटुवाल, डाक्टर भोला रिजाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नायक निखिल उप्रेती, कलाकार बसुन्धरा भुषाल, वितरक गोपाल कायस्थ, गायकद्वय प्रमोद खरेल र यूवराज चौलागाई साथमा हाँस्य कलाकार जितु नेपाल पुगेका थिए ।

सरकारले अनुदान दिने तीन लाखसँगै बाँकी बस्ती बनाउन लाग्ने रकम सहयोगीबाट र नपुगेको खण्डमा फाउन्डेशनले नै सहयोग गर्ने नायिका स्वेताले बताइन् । शिलन्यास सुरु गर्नु अघि मञ्च अगाडि माल्यर्पण गरिएको स्व. श्रीकृष्ण श्रेष्ठको तस्बिर छोएर श्वेताले भनिन्, ‘पतिको कसम खाएर भन्छु एकिकृत बस्ती कुनै हालतमा बन्नेछ । उहाँको आत्माको शान्तीको लागि म ज्यान दिएर लाग्नेछु ।’ भूकम्पपछि दुई छाका जोहो गर्न पनि मश्किल परिरहेको अवस्थामा नायिका श्वेता खड्काको पहलमा एकिकृत बस्ती बस्ने भएपछि माझी बस्तीमा खुशीयाली छाएको छ ।

माझी बस्तीमा रहेका ६३ घर धुरी सहित बाल बगैंचा, बाटो, बायो ग्याँस र चौतारा निर्माणको लागि ५ करोड ४२ लाखको बजेट अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu