काठमाण्डौ। प्रतिक्षित चलचित्र ‘ए मेरो हजुर २’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘किनीदेउ न साइला दाई’ बोलको गीतमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको नेपाली परिवेशको नृत्य रहेको छ ।
मारुनी फ्लेवरमा निर्माण भएको गीतमा साम्राज्ञीलाई नेपाली पहिरनमा निकै सुहाएको छ । बसन्त सापकोटाको शब्द/संगीतमा बनेको गीतमा साधना सरगमको स्वर समावेश छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
सिनेमामा साम्राज्ञीसँगै नव-कलाकार सलिनमान बनियाँ, सलोन बस्नेत, अनुभव रेग्मी, बुद्दी तामाङ, अनुराग कुँवर, विल्सनविक्रम राई, सुमन पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।
सुहाना इन्टरटेनमेन्टको प्रस्तुतीमा सुनिलकुमार थापा प्रोडक्सनबाट निर्माण भएको सिनेमालाई अभिनेत्री झरना थापाले पहिलो पटक निर्देशन गरेकी हुन् । सुनिलकुमार थापाको निर्मणमा बनेको सिनेमा भदौ १६ मा रिलीज हुँदैछ ।
गीत हेर्नुहोस्: