आशिरमानलाई १५ लाख पारिश्रमिक



काठमाण्डौ। नायक आशिरमान देशराज दोश्रो चलचित्र ‘ब्रेकअप’मा महंगो रकम लिएर अनुवन्धित भएका छन् । पहिलो चलचित्र ‘ग्यांगस्टार ब्लुज’ रिलिज नहुँदै उनले दोश्रो चलचित्र ‘ब्रेकअप’का लागि १५ लाख पारिश्रमिक लिएको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् ।

यसअगाडि चलचित्र ‘गाजलु’ बनाएर सफल भएका अधिकारीले आशिरमानलाई लिड नायकमा फाइनल गर्दै ‘ब्रेकअप’ बनाउन लागेका हुन् । यो चलचित्रलाई हेमराज वीसीले निर्देशन गर्दैछन् ।

देशराजले अभिनय गरेको पहिलो चलचित्र ‘ग्याङस्टार ब्लूज’ भदौ २ गतेबाट रिलिज हुँदैछ । ‘ग्याङस्टार ब्लूज’लाई पनि हेमराज वीसीले नै निर्देशन गरेका हुन् । रोहित अधिकारी फिल्मस् र ह्याप्पी प्लानेट फिल्मस्को ब्यानरमा ‘ब्रेकअप’ बन्दैछ । चलचित्रको लागि नायिकाको भने खोजी भईरहेको बताईएको छ ।

चलचित्र रिलिज नहुँदै आशिरमानको फ्यान क्रेज रहेको र उत्कृष्ट अभिनय तथा ह्यान्डसम लुकका कारण प्रभावित भएर आशिरमानलाई १५ लाख पारिश्रमिक दिएको अधिकारीले बताए । रोहितले आशिरमानलाई १३ लाख पारिश्रमिक, १ लाख पहिरन खर्च र १ लाख चलचित्र हिट भएपछि दिने संझौता गरिएको बताए ।

रोहित अधिकारी, दीपक खतिवडा र रुपक थापाले मिलेर यो चलचित्र बनाउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu