‘लाल्टीन’को ‘ह्विस्की’ रिलीज, हेर्नुहोस् प्रियांकाको हट डान्स (भिडियो)



काठमाण्डौ। जेष्ठ २६ गतेबाट रिलीज हुने नेपाली चलचित्र ‘लाल्टिन’ को आइटम गीत सार्वजनिक भएको छ । ‘व्हिस्की’ बोलको गीतमा नायिका प्रियंका कार्की र नव-नायक निर्जन थापा एक डान्सबारमा नृत्य गरिरहेका देखिएका छन् ।

गीतमा विनोद ढकाल, सोमिया बराईली र किरण माइकलको स्वर रहेको छ । शब्द तथा संगीत किरण माइकलको नै छ ।

देव कुमार श्रेष्ठ निर्देशित ‘लाल्टीन’मा दयाहाङ् राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल, केकी अधिकारी, जनक बर्तौला, अर्जुन जंग शाही, ए. गुरुङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

एमसन पिक्चर्सको ब्यानरमा भानु प्रतापको प्रस्तुती रहेको फिल्म ‘लाल्टिन’ मा अनिम श्रेष्ठ र राज केसीको लगानी रहेको छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu