‘लिला’को गीत रिलिज, राजसँग सञ्चिताको ठुम्का (भिडियो)



काठमाण्डौ। भदौ ३० गते रिलीज हुने नेपाली चलचित्र ‘लिला’को गीत रिलिज भएको छ । ‘ढाकाकै चोली’ मा बोलको लोक फ्लेवरको गीतमा नायिका संचिता लुईटेल र नायक राज कुटवाल फिचरिङ छन् ।

भिडियोमा सिक्किम र दार्जलिङका दृश्य छन् । गीतमा राज र संचिताको केमेष्ट्री लोभलाग्दो छ । लक्ष्मण बस्नेतको शब्द, रमेश खड्काको संगीत, सचिन राई र अन्जु पन्तको स्वर रहेको गीतको भिडियोमा कमल राईले कोरियोग्राफी गरेका छन् ।

यो फिल्ममा संचिता र राजका अलावा मलिना जोशी, ध्रुव कोइराला, मुकुन्द किशोर भट्टराई, दिनेश बुढाथोकी लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ । काठमाडौं, चितवन, सिक्कम, दार्जिलिङ, सिलगुढी लगायतका ठाउँमा खिचिएको फिल्म ‘लिला’ मा संचिताले मलिना जोशीको दिदीको भूमिका निर्वाहा गरेकी छिन् ।

सिपी पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा लक्ष्मण बस्नेत र विमला घिमिरे पनि निर्माताको रुपमा छन् । फिल्मको कथा लक्ष्मण बस्नेतले लेखेका हुन् भने अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । शिव ढकालले फिल्ममा क्यामेरा चलाएका हुन् । ‘लिला’लाई निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu