आफ्नो म्यूजिक भिडियो हेर्न टिभी समेत थिएन : प्रमोद खरेल



काठमाण्डौ। गायक प्रमोद खरेल नेपाली दर्शक-स्रोतामाझ लोकप्रिय नाम हो । पछिल्लो समय स्टेजमा ब्यस्त प्रमोदलाई गायकको रुपमा स्थापित गराउन भने ‘मबिना कसै-कसैलाई मुस्किल छ पोखरामा…’ बोलको गीत सफल भयो । यो गीत सर्वाधिक हिट भएपछि उनले आफ्नो करिअर पछाडि फर्किएर कहिले हेर्नु परेको छैन् । फिल्म ‘पल पलमा’ को ‘यो अँगालोभरिको माया..’ मार्फत फिल्ममा पाश्र्व गायनसमेत थालेका गायक खरेलले करिब १ सयवटा नेपाली फिल्मका २ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।

अहिले उनको जीवनयापन गर्ने शैली देख्दा जो काहिँ डाहा गर्छ तर उनले यो स्थानमा आफुलाई उभ्याउनका लागि कम्ता संघर्षका भारीहरु बोकेका छैनन् । ‘ठूलोपर्दा डटकम’ सँगको एक भेटमा प्रमोद खरेलले आफ्ना संघर्षका दिनहरु सम्झिए ।

उनले भने,’संगीत क्षेत्रमा लाग्नका लागि म्यूजिक स्कूल भर्ना हुनु पर्थ्यो । कलेज पढ्न घरबाट पठाएको पैसाले म्यूजिक स्कूलमा भर्ना भएको थिएँ । कलेज पढ्नु पर्थ्यो, म्यूजिक स्कूलमा पैसा तिर्नु पर्थ्यो त्यसका लागि होम ट्यूसन बढाउन थालेको थिएँ । त्यसैबाट आएको पैसाले कलेज र म्यूजिक स्कूल पढ्थें । संघर्षका दिनहरुहरुमा खाली खुट्टा काठमाडौंका सडकहरुमा धेरै हिँडियो, गाडी चढ्ने पैसा हुँदैन थियो, खाजा खाने पैसा थिएन । सबै छुट्याएर भएपनि म म्यूजिक स्कूलमा पढ्न जान्थें ।’

उनले अगाडि भने, ‘मेरो पहिलो एल्बम आउँदा पनि मेरा साथी भाईहरुले दुःख-सुःख गरेर मलाई सहयोग गर्नुभएको थियो । अलि-अलि घरबाट आयो अलि-अलि होम ट्यूसन पढाएर भएपनि पहिलो एल्बम निकाल्नका लागि पैसा जम्मा गरेको थिएँ । पहिलो एल्बम ठिक-ठिकै चल्यो त्यस्तो बम्पर गएन । यति सम्मकी पहिलो एल्बम निकालेँ तर आफ्नै म्यूजिक भिडियो हेर्न टेलिभिजन थिएन । अरुको घरमा गएर टेलिभिजन हेर्ने गर्थेँ ।’

अहिले महिनाको लाखौं आम्दानी गर्ने प्रमोदका मै मोरो सोझो, लाइदेऊ न मायाले, चल बतास चल, ओई झुमा झुम्कावाली, उसले जति माया, आफ्नो भन्नु, मलाई जसले पनि लगायतका दजनौं गीतहरु सुपरहिट छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu