काठमाण्डौ। नारीप्रधान भनिएको चलचित्र ‘तारेभीर’ असार २ गतेबाट नेपालका सिनेमा घरहरुमा प्रदर्शन हुँदैछ । यो फिल्मको ट्रेलरमा नायिकाको एक्सन अवतारको चर्चा अहिले सिनेवृतमा हट केक बनिरहेको छ । प्रेम सुब्बाको निर्देशनमा बनेको फिल्म ‘तारेभीर’ ले दुई छोरी मात्र भएको परिवारले भोग्नुपरेको सामाजिक कथालाई देखाउने प्रयास गरेको छ ।
फिल्म दिदीबहिनी विष्णु चेम्जोङ र रेखा फागोको वरिपरि घुमेको निर्देशक सुब्बा बताउँछन् । त्यस्तै, नायिका रेखा फागोले ‘तारेभीर’ नारीप्रधान फिल्म रहेको बताइन् । ठूलोपर्दा डटकमसँगको भिडियो कुराकानीको क्रममा उनले आफू सानैदेखि फिल्ममा काम गर्ने इच्छा भएका कारण ‘तारेभीर’ बाट फिल्म क्षेत्रमा प्रवेश गरेको बताइन् । उनले भनिन्, ‘मेरो यो डेब्यू फिल्म भएपनि राम्रो काम गरेको छु जस्तो लाग्छ ।’
उनले फिल्ममा आफूले दिएको एक्सन सिनको विषयमा बोल्दै अगाडि भनिन्, ‘आफ्नो सुरक्षाका लागि म फिल्ममा एक्सन अवतारमा प्रस्तुत भएकी हुँ । फिल्ममा मलाई मेरो भूमिका सम्झिएर नै आनन्द आउँछ । फिल्ममा एक्सन सिन गर्दा रियलमै दुई/तीन जना केटाहरुलाई ढालेको छु । फिल्ममा मैले धेरै जसो रियल एक्सन दिएकी छु ।’
डि.के. दीवानले निर्माण गरेको यो फिल्ममा विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
भिडियो: