काठमाण्डौ। यस बर्षको तीजको लागी केहि समय बाँकी रहँदै नयाँ-नयाँ तीज गीतहरु घन्किन थालिसकेका छन् । यसै क्रममा गायिका कोमल ओलीको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।
अघिल्ला बर्षहरुमा पतिको वरदान माग्दै आएकी ओलीले यसपटक भने पति पाएकी छन् । उनको तीज गीत ‘म त नाच्दिन के रे, मेरो प्यारे मायाले नहेरे’ बोलको गीतको भिडियोमा कलाकार सुनिल कटुवाल कोमलका पति बनेका छन् ।
यस गीतमा कोमललाई उनकी बहिनी प्रज्ञाले गायन तथा अभिनयमा साथ दिएकी छन् । गीतको भिडियोलाई पवित्रा आचार्यले कोरियोग्राफी गरेकी छिन् ।
भिडियो: