दरबारमार्गमा भेटिए श्रृष्टी र बिक्रम



काठमाण्डौ। मिस नेपाल तथा नायिका श्रृष्टी श्रेष्ठ र कलाकार बिक्रम सिं थारु बिहिवार दिउसो दरमार्गको एक क्लबमा भेटिए । रातीमा मात्र रमझम हुने क्लबमा बिहिवार भने दिउसै रमझम थियो । सयौँ युवायुवतीसँगै थिए श्रृष्टी र बिक्रम पनि ।

दुर्गिश फिल्म्सको ब्यानरमा बन्ने पाँचौ प्रोजेक्ट ‘लाउरे’को अहिले छायांकन भईरहेको छ । चलचित्रमा श्रृष्टी श्रेष्ठ र बिक्रम सिं थारुको प्रमूख अभिनय छ । यहि चलचित्रको छायांकनमा लागि उनिहरुले अभिनय गरिरहेका थिए ।

बेलायती सेनामा जागिर खानका लागि एक युवाले गरेको संघर्ष, युवापूस्ताको प्रेम, दुर्व्यसन र समस्या लगायतका विषयलाई लाउरेले समेट्ने बताईएको छ । यो चलचित्रमा श्रृष्टी र बिक्रमका अलावा मिरुना मगर, शैलेन्द्र मल्ल लगायतको अभिनय रहनेछ ।

युवापूस्तामाझ चर्चित रहेका गायक नरेन लिम्बुले पनि यो चलचित्रबाट नायकको रुपमा डेब्यू गर्दैछन् । यस्तै कृषा शाही र डेनमार्ककी कलाकार जेनेट मेरी लेटरको पनि अभिनय रहने छ ।

‘लाउरे’लाई सुनिल रावल, इश्वर श्रेष्ठ, सुभास लामिछाने र भेषमणि श्रेष्ठले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् ।

फोटो: दिनेश बोहरा ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu