काठमाण्डौ। लाश चिर्ने मानिसको कथामा बनेको चलचित्र ‘भूईँमान्छे’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा सोमवार एक कार्यक्रमका बीच भाद्र २ गते रिलिज हुने यस चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा दैनिक शव चिर्ने मान्छेको मनोविज्ञान देखाउने कोसिस गरिएको छ । शव चिर्ने व्यक्तिको भूमिका कलाकार रमेश बुढाथोकीले निर्वाह गरेका छन् भने फिल्ममा राष्ट्रिय स्तरकी भलिवल खेलाडी सिपोरा गुरुङ्गको पनि मुख्य भूमिका छ ।
नबराज बुढाथोकीको निर्देशनमा बनेको चलचित्रमा सिपोरा, रमेश सँगै सहिन प्रजापति, रोहणी भट्टराई, बादल भट्ट, रामबाबु रेग्मी, शसांक बोहोरा, आर्यान न्यौपाने, नारायण न्यौपाने, सानु ताम्राकार, सौरभ ढकाल, हरि यादव लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रकी निर्माता रोहणी भट्टराई हुन् ।
ट्रेलर: