काठमाण्डौ। साउन २७ गते रिलिज हुने निखिल उप्रेती र सौगात मल्ल स्टारर नेपाली चलचित्र ‘संरक्षण’को मैथिली भाषाको गीत रिलिज भएको छ ।
‘किशोरी लाल’ बोलको आइटम गीतमा रितिका परमेश्वरा, परवेश मल्लिक र प्रेम प्रकाश करनको आवाज छ भने रोशन जनकपुरीका शब्द छन् । सार्वजनिक गीतमा प्रभाष मल्लिकको संगीत छ । यो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।
पूर्णेन्द्रुकुमार झाले निर्देशन गरेको ‘संरक्षण’मा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा मधेशको कथा छ ।
गीत: