नेपाल आइडलमा प्रताप–इन्दिराको प्रेमगीत रोमान्स (भिडियो)



काठमाण्डौ। यतिबेला ‘प्रेमगीत २’को प्रचारको उत्कर्षमा छ । एपि वन टेलिभिजनको टीभी सो नेपाल आइडलमा समेत यसको चर्चा र भूमिका देखिएको छ ।

चलचित्रका पार्श्र्वगायक प्रताप दास प्रतिस्पर्धी हुन् भने गायिका इन्दिरा जोशी निर्णायक । यी दुईले एलिस कार्कीले संगीतबद्ध गरेको गीत मोटरसाइकलमामा स्वर दिएका छन् । नेपाल आइडल स्टेजमा नै प्रताप र इन्दिरा सँगै देखिएका छन् । विद्या तिवारीले प्रतापलाई साथ दिँदै गर्दा इन्दिरा निर्याणकको मेचबाट उठेर स्टेज चढेकी थिइन् ।

गायक दासले एक मुख्य राउन्डमा फिल्मको उक्त गीत गुनगुनाएर निर्णायकको मन जिते । उक्त गीतका सक्कली गायक समेत दास नै हुन् ।

प्रेमगीत २ साउन १३ गते देशव्यापी रिलिज हुँदैछ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu