सेटमा बेहोश भए कपिल



भारतिय कमेडियन कपिल शर्मा ‘द कपिल शर्मा शो’को सेटमा बेहोश भएका छन् । बेहोश भएपछि उनलाई तुरुन्त कोकिलाबेन अस्पतालमा भर्ना गरिएको थियो ।

कमेडियन कीकू शारदालाई उदृत गर्दै Timesofindia ले लेखेको छ कि कपिल अहिले अस्पताल मा नै छन् । उनको परिवारका सदस्य उनको साथमा छन् ।

शुक्रवार कपिलको शोमा शाहरुख खान र अनुष्का शर्मा चलचित्र ‘जब हैरी मेट सेजल’को प्रमोशनको लागी पुगेका थिए तर छायांकन हुन पाएन । शाहरुख-अनुष्का पुग्नु अगाडी नै कपिलको स्वास्थ्यमा गडबडी आएको थियो ।

बताईए अनुसार तनावका कारण कपिल बेहोश भएका थिए । केहि हप्ता अगाडी पनि उनको रक्तचापमा समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu