अशिष्माको यादमा तड्पिदै सौगात (भिडियो)



काठमाण्डौ। नेपाली चलचित्र ‘संरक्षण’को नयाँ गीत रिलिज भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘सम्झनाको सारंगी’ बोलको गीत रिलिज गरिएको हो ।

साउन २७ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा समावेश गीतमा नायक सौगात मल्ललाई नायिका अशिष्मा नकर्मीको यादमा तड्पिएको देख्न सकिन्छ । स्वरुपराज आचार्यको स्वर रहेको गीतमा धिरेन्द्र प्रेमर्शीका शब्द र परवेश मल्लिकको संगीत छ ।

पूर्णेन्द्रुकुमार झाले निर्देशन गरेको ‘संरक्षण’मा राजनीतिको आडमा मधेशमा हुने विभिन्न अपराधिक घट्नाहरु समेटिएको छ । चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । प्रदिपकुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र स्वेता शाहले संयुक्त रुपमा यो चलचित्र निर्माण गरेका हुन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu