‘भूइँमान्छे’को ‘पर्दा भो’ गीत रिलिज (भिडियो)



काठमाण्डौ। भाद्र २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘भूइँमान्छे’को नयाँ गीत रिलिज भएको छ । ‘पर्दा भो’ बोलको गीतमा शब्द महेश पौड्याल, संगीत जुगल डंगोल र स्वर शिव परियारको रहेको छ ।

गीतमा फिल्मका मुख्य तीन पात्र रमेश बुढाथोकी, सिपोरा गुरुङ र सहिन प्रजापति फिचरिङ छन् । फिल्मका निर्देशक नवराज बुढाथोकी हुन् ।

फिल्म ‘भूइँमान्छे’ मा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सहिनप्रजापति, बादल भट्ट, सशांकबोहोरा, रामबाबु रेग्मी, रोहिणी भट्टराई लगायतको अभिनय रहेको छ । यस फिल्मलाई रोहिणी भट्टराई, निरुपा राज्यलक्ष्मी थापा, हरि यादव लगायतले निर्माण गरेका हुन ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu