काठमाण्डौ। शनिवार आयोजित ‘माईती तीज मेला २०७४’मा धुर्मस सुन्तली फाउण्डेशनलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । नमुना नेपाल निर्माणका लागि भन्दै आयोजक संस्था ललित बहुउदेश्यिय सहकारी संस्थाले उक्त सहयोग गरेको हो ।
यसअघि यो संस्थाले धुर्मस सुन्तली उर्फ सिताराम कट्टेल र कुन्जना घिमिरेलाई ‘आदर्श जोडी सम्मान’ले सम्मान गरेको थियो ।
प्रत्येक बर्ष विभिन्न शिर्षकममा सम्मान प्रदान गर्दै आईरहेको उक्त सहकारी संस्थाले यस बर्ष पनि चर्चित नायिका केकी अधिकारीलाई सम्मान गरेको छ । यस बर्षको ‘आदर्श जोडी सम्मान’ मा संस्थाले चर्चित सांगीतिक जोडी उदय सोताङ्ग र मनिला सोताङ्गलाई सम्मान गरेको छ ।
संस्थाले आयोजना गरेको यस कार्यक्रम तीज बिशेष कार्यक्रममा बिशेष सम्मानको रुपमा ब्युटिसियन तथा बरिष्ट सौन्दर्य विद कमला श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा दिपाश्री निरौला, केकी अधिकारी, लक्ष्मि गिरी, सिताराम कट्टेल, कुन्जना घिमिरे, रितु कँडेल, स्वस्तिमा खड्का लगायतको उपस्थिती रहेकेा थियो ।