काठमाण्डौ। भाद्र २ गतेलाई रिलिज कन्फर्म गरिएको चलचित्र ‘ग्याङस्टार ब्लुज’ फस्टलुक पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक फस्टलुक पोष्टरमा नायक आशिरमान देशराज श्रेष्ठ र नायिका आना शर्मा फिचरिङ छन् । पोष्टरले नै चलचित्र ग्याङस्टार कथावस्तुमा आधारित भएको झल्को दिन्छ ।
चलचित्र ‘होस्टेल’बाट निर्देशनमा डेब्यू गरेका हेमराज बीसीले निर्देशन गरेको ‘ग्याङस्टार ब्लुज’मा आशिरमानलाई एंग्री योङम्यानको लुक्स प्रस्तुत गरिएको छ ।
यो चलचित्रमा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका चलचित्रमा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।
यस चलचित्रबाट डेब्यु गरेका अभिनेता आशिरमानलाई चलचित्र क्षेत्रका लागि राम्रो सम्भावना बोकेका अभिनेताका रूपमा लिइएको छ ।