श्रृष्टीको दैलोमा सन्यासी, ‘ग्याङस्टर ब्लुज’को आइटम गीत सार्वजनिक (भिडियो)



काठमाण्डौ। भाद्र २ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ग्याङस्टर ब्लुज’को आइटम गीत सार्वजनिक भएको छ । ‘अबला’ बोलको आइटम गीतमा सृष्टि कार्कीको नृत्य छ ।

डान्स बारमा खिचिएको गीतको बीच-बीचमा चलचित्रका अन्य दृश्यहरु पनि देख्न सकिन्छ । दृश्यहरुमा आशिरमाज देशराज श्रेष्ठको ‘ग्याङस्टर’ रुप देखिन्छ भने आना शर्ना रोईरहेको अवस्थामा देखिन्छिन् ।

बानिका प्रधान र कालिप्रसाद बास्कोटाको स्वरमा रहेको सार्वजनिक गीतमा मानस, कालीप्रसाद र एकतारेको शब्द र कालिप्रसादको संगीत रहेको छ । हेमराज बीसीले निर्देशन गरेको फिल्म ‘ग्याङस्टार ब्लुज’ मा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ ।

मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu