​‘ए मेरो हजुर २’को उकालीमा गीत रिलीज (भिडियो)



काठमाण्डौ। नेपाली चलचित्र ‘ए मेरो हजुर-२’ को अर्को गीत सार्वजनिक भएको छ । भदौ १६ गतेबाट अलनेपाल रिलिज हुने यो चलचित्रको उकालीमा बोलको गीत बिहिवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

गीतमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक सलिनमान बनिया, कलाकार सलोन बस्नेत लगाएतको नृत्य रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा बसन्त सापकोटको शब्द, संगीत तथा राजेश पायल राई र इन्दिरा जोशीको स्वर रहेको छ ।

नायिका झरना थापाको निर्देशन रहेको यस फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बानिया, सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, वील्सन बिक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन् ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको चलचित्रको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले लेखेका हुन् । बसन्त सापकोटा र कल्याण सिंहको संगीत, बनिश शाहको सम्पादन रहेको चलचित्रका छायाँकार सञ्जय लामा हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu