​सौगातको ‘पञ्जेबाजा’ घोषणा



काठमाण्डौ। नेपाली फिल्म ‘पञ्जेबाजा’ निर्माण हुने भएको छ । बिहीवार विहान काठमाण्डौको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै फिल्म ‘पञ्जेबाजा’को मुहूर्त गरिएको छ ।

न्यू भेनस फिल्मस्को प्रस्तुतीमा बन्न लागेको यो फिल्ममा सौगात मल्ल, कर्मा, जस्मिन श्रेष्ठ र श्रृजना सुब्बाको मुख्य भूमिका हुनेछ । 

एक गाउँको कथामा ‘पञ्जेबाजा’ निर्माण हुन लागेको फिल्मका निर्देशक घनश्याम लामिछानेले जानकारी दिए । निर्देशक लामिछानेका अनुसार, कर्मा र जस्मिनको प्रेममा सौगात भिलेन बनेर प्रस्तुत हुनेछन् । 

राजेश शाहीको लगानीमा निर्माण हुने फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद छ भने कालिप्रसाद बाँस्कोटा र विकास चौधरीको संगीत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu