गृहजिल्लामा संगीतकार लम्साल सम्मानित



नवलपरासी। संगीतकार हरि लम्साल गृहजिल्लामा सम्मानित भएका छन् । नवलपरासी जिल्लाको कावासोती स्थायी घर भएका लम्साललाई कावासोतीमा अवस्थित नवलपुर एफ.एम.१०४.७ मेगाहर्जको चौथो वार्षिक उत्सवको अवसरमा सम्मानित गरिएको हो ।

‘नवलपुर संगीत सम्मान’ले सम्मानित लम्साल कला र सात्यिकारलाई वार्षिकरुपमा सम्मान गर्ने रेडियोको वार्षिक नीति अनुसार नगद ५ हजार सहित सम्मान गरिएको एफ.एम.का प्रबन्ध निर्देशक तिर्थराज भुसालले बताए । लम्सालको साथमा म्याउ म्याउ विरालोका रचनाकार दिपक सोतिलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu