केटाहरु ट्याक्सी जस्तै हुन् त ? हेर्नुहोस् ‘टिनएज’को ट्रेलर (भिडियो)



काठमाण्डौ। सोमवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्र ‘टिनएज’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा शिर्षका लेखिएको प्रसंग रहेको छ । ट्रेलरको एक संवादमा ‘यि केटाहरु भनेका ट्याक्सी जस्तै हुन्, एक बोलायो भने सयौँ आउँछन् । छानी छानी रोजिन्छ ।’ भनिएको छ ।

यो संवादले के प्रष्ट पार्छ भने चलचित्रमा किशोरअवस्थाको काँचो वैँशको कथा उठाईएको छ । कात्तिक २७ गते रिलिज हुने यो चलचित्र दिनेश पाख्रिङको निर्देशनमा तयार भएको छ । यो चलचित्रमा अञ्जली खड्की, नरेश वीर सिंह, सरोज शाह, प्रतिक्क्षा खड्का, कृष्ण सिवाकोटी, अजय खड्का लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

चलचित्रमा विकास चौधरी, बसन्त सापकोटाको संगीत, राजेश पायल राई, कमल खत्री, राजु गुरुङ, अञ्जु पन्त, प्रविसा अधिकारी र टिका प्रसाईको गायन, डा. हरी बराल, हरी उप्रेती र सविना केसीको शब्द र बासु न्यौपानेको छायाँकन रहेको छ ।

हेर्नुहोस् ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu