काठमाण्डौ। नेपाली चलचित्र ‘रानी’को टीजर सार्वजनिक भएको छ । दुई डेब्यु अनुहार सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठसँग मलिना जोशीको प्रेमलाई टीजरमा देखाइएको छ ।
यो चलचित्रमा अनुप विक्रम शाही पनि छन् । उनि यो चलचित्रमा नेगेटिभ भूमिकामा छन् । त्रिकोणात्मक प्रेम कथामा अवरोध निम्त्याउने पात्रको अभिनय अनुपले गरेका छन् । टीजरको अन्त्यमा एक झलक अनुपलाई देखाईको छ जुन निकै दमदार छ ।
भानु महर्जन प्रस्तुतकर्ता रहेको यस चलचित्रको कथा यम थापाले लेखेका हुन् । दयाराम दाहाल निर्देशित यस चलचित्रलाई पुरुषोत्तम प्रधान, सिसन बानियाँ र मान कृष्ण महर्जनले छायांकन गरेका छन् । विजय घिमिरेको संगीत, अर्जुन जिसीको सम्पादन, बिमल मान गुभाजुको निर्माण रहेको यो चलचित्र कार्तिक २ बाट रिलिज हुनेछ ।
निर्देशक दाहालले आफ्ना अघिल्ला चलचित्रको तुलनामा यसमा आफुले नै आफुलाई अपडेट गरेको बताएका छन् । ‘युवापुस्ताको प्रेम कथा भएकोले यसमा मैले नयाँ अनुहारसँगै युवापुस्ताका अनुहारलाई कास्ट गरेको हुँ’, दाहालले बताए ।
यस चलचित्रमा सुक्ष्म मायालाई दर्शाउन खोजिएको छ । युवापुस्ताले जसरी मायालाई लिईरहेको छन्, त्यसलाई देखाउने कोशिस त छ नै मायाको महत्व बुझाउने प्रयास पनि चलचित्र ‘रानी’मा गरिएको बताईएको छ ।
हेर्नुहोस् टीजर: