​कसकी ‘रानी’ मलिना ? (गीत रिलिज)



कात्तिक २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘रानी’को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बिच फिल्ममा समावेश ‘भन भन’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा विजय घिमिरे र नीकिता थापाको स्वर र विजयकै शब्द तथा संगीत सुन्न सकिन्छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार मलिना जोशी, सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठ फिचरिङ छन् ।

नायक अनुप विक्रम शाहीको पनि मुख्य भूमिकामा रहेको फिल्मलाई दयाराम दाहालले निर्देशन गरेका हुन् । अनुप यो फिल्ममा नेगेटिभ भूमिकामा छन् । त्रिकोणात्मक प्रेम कथामा अवरोध निम्त्याउने पात्रको अभिनय अनुपले गरेका छन् ।

भानु महर्जन प्रस्तुतकर्ता रहेको यस फिल्मको कथा यम थापाले लेखेका हुन् । दयाराम दाहाल निर्देशित यस फिल्मलाई पुरुषोत्तम प्रधान, सिसन बानियाँ र मान कृष्ण महर्जनले छायांकन गरेका छन् । फिल्ममा विजय घिमिरेको संगीत, अर्जुन जिसीको सम्पादन, बिमल मान गुभाजुको निर्माण रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu