काठमाण्डौ। गायक तथा संगीतकार तुला पर्वतको स्वर र संगीत रहेको गीतको नयाँ भिडियो सार्वजनिक भएको छ । पिउिँदा पिउँदै फाट्यो जिन्दगी, साइनो गाँसौ भन्दा छुट्यो जिन्दगी बोलको गीतलाई झकेन्द्र शर्माले लेखेका हुन् ।
सार्वजनिक गीतमा चर्चित नायिका बेनिशा हमालको दमदार अभिनय रहेको छ । अभिनयमा बेनिशालाई गायक तथा संगीतकार तुला पर्वत स्वयमले साथ दिएका छन् ।
गीतले चोखो माया भित्रको सर्मपणका भावनालाई नजिकबाट केलाएको छ । प्रेम प्राप्ती मात्रै होइन त्याग पनि हो भन्ने सन्देश दिन खोजेको गीतलाई निर्देशक युवराज वाइवाले निर्देशन गरेका हुन् ।
जसलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने उत्सब दाहालले छायांकन गरेका छन् । गीतमा किरण कँडेलको एरेन्ज रहेको छ भने गीतको अडियो तथा बजार ब्यबस्थापन वाइड स्क्रिन मिडियाले गरेको छ ।
भिडियो: